ओलीको तानाशाही प्रवृतिलाई जनताको बलबाट ध्वस्त पारिन्छ- खनाल
फ्ल्यासन्युज नेपाल२०७७ पुष १५ गते २१:०१
काठमाडौ । नेकपाको दाहाल–नेपाल समूहका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीको तानाशाही प्रवृतिलाई जनताको बलबाट ध्वस्त पार्ने दाबी गरेका छन् ।
बुधबार बागमती प्रदेशको अखिल नेपाल महिला संघको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले जनताको शक्तिलाई परिचालन गरेर प्रधानमन्त्री ओलीको प्रतिगमनलाई ध्वस्त पार्नुपर्ने बताएका हुन् ।
उनले प्रधानमन्त्री ओलीले संविधानको मर्म र भावना विपरित संसद विघटन गरेको भन्दै लोकतन्त्र र संविधानलाई बचाउनुपर्नेमा जोड दिए ।नेता खनालले बालुवाटारमा गरिएको ओली पक्षको भेला संविधान र लोकतन्त्र विरोधी भेला भएको समेत टिप्पणी गरे ।