बिहीबार, असोज २०, २०७९

सीताको ख्याल गर्न प्रचण्डलाई ओलीको टेलिफोन

फ्ल्यासन्युज नेपाल२०७७ पुष १५ गते २०:४२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गर्दै सीताको ख्याल गर्न भनेका छन् । बुधबार साँझ अस्वस्थ भएपछि प्रचण्ड पत्नी सीता दाहालको ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

बुधबार साँझ प्रधानमन्त्रीले प्रचण्डलाई फोन गरेर सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र उनको ख्याल गर्न आग्रह गरेको नेता सुभासचन्द्र नेम्वाङले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीले सीता दाहालको स्वास्थ्यलाभको कामना गरेका छन् । यसैबीच प्रधानमन्त्री ओलीको तर्फबाट ओली समूहका महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङले अस्तापल पुगेर प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

 

तपाइँको प्रतिक्रिया