५११ जना कोरोना संक्रमित थपिए, थप ७ जनाको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७७ पुष १५ गते १७:५५
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसंगै कुल कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ।
यो संगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६००जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५१ हजार ९१२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या भने ६ हजार ३०० रहेको छ।