आइतबार, चैत १२, २०७९

आफूले मित्रताले अँगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अँगालो मारे- ओली

फ्ल्यासन्युज नेपाल२०७७ पुष १५ गते १७:३४

काठमाडौ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफुसंग प्रचण्डसंग गरिएका सम्झौताहरुले भरिएको ब्रिफकेस रहेको बताएका छन् । बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डले पटक पटक गरेका सम्झौत हेर्ने हो भने एउटा ब्रिफकेसनै भरिएको बताएका हुन् ।

ओलीले प्रचण्डलगायत नेतालाई लक्षित गर्दै डुंगा समातेर बसिराख्नेहरू छुटेको बताएका छन् । भेलालाई सम्बोधन गर्दै ओलीले अग्रगमन र गतिको डुंगा अगाडि बढेको बताए । ओलीले प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने रहेको बताए ।

त्यस्तै ओलीले प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गरेका छन् । आफूले मित्रताले अ‌गालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको उनले बताए । षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर आफूले तीन वर्ष सम्झाएको ओलीले बताए ।

तपाइँको प्रतिक्रिया