मंगलबार, जेठ १६, २०८०

प्रचण्डले मागे माफी

फ्ल्यासन्युज नेपाल२०७७ पुष १४ गते १६:२४

काठमाडौं । दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीलाई बुझ्न नसकिएको भन्दै माफी मागेका छन् । मंगलबार दाहाल नेपाल पक्षका अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीलाई बुझ्न नसिकएको भन्दै माफी गरेका छन् ।

प्रतिनिधि सभा विघटनको पक्षमा बोल्दै अध्यक्ष प्रचण्डले भने,‘ओली तानाशाह हो,’ उनले भने, ‘उहाँले मुलुकलाई भड्खालोमा हाल्दै हुनुहुन्छ।’
आफूले वामगठबन्धन गरेका बेला यति छिटै ओलीविरूद्ध आन्दोलनमा जानु पर्ला भन्ने सोच समेत थिएन उनले भने ।

‘यति चाँडै ओली प्रतिगमनविरूद्ध सडकमा आउनुपर्छ भन्ने वामगठबन्धन गर्दा सोचेको पनि थिइनँ,’ आज भृकुटीमण्डपमा आयोजित विरोध सभामा प्रचण्डले भने, ‘ओली सच्चिनुभयो होला भनेको सच्चिनु भएन। कम्युनिष्ट पार्टीबाट बनाइएका अध्यक्ष र प्रधानमन्त्रीले यस्तो गर्नुहोला भनेर सोचेका थिएनौं। माफी चाहन्छौं।’

तपाइँको प्रतिक्रिया