मंगलबार, मंसिर २०, २०७९

जहाज र रेलका कुरा गरेर ओलीले नागरिकलाई झुककाइरहे-नेता खनाल

फ्ल्यासन्युज नेपाल२०७७ पुष १४ गते १६:०६

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले पानी जहाज र रेलको कुरा गरेर केपी शर्मा ओलीले नागरिकलाई झुक्याएको आरोप लगाएका छन्।

संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाण्डौमा गरेको आमसभामा उहाँले कहिले पानी जहाजको कुरा त कहिले घर(घरमा पाइपबाट ग्यास ल्याउने कुरा गरेर नागरिकलाई झुक्याएको बताएका हुन् । ३ वर्षसम्मको अवधिलाई ओलीले उखान र टुक्कामै बिताएको आरोप समेत लगाए ।

रानीपोखरी, धरहरालगायत संरचना प्रधानमन्त्री ओलीको पालामा भएको भए पनि यो निर्माणमा उनको भूमिका खासै नरहेको बताए । उनले बालुवाटार पुगेकै दिनदेखि ओलीले पार्टी बिर्सिएको आरोप लगाउँदै अब चुप लागेर बस्न नहुने बताए ।

तपाइँको प्रतिक्रिया