भुक्तानी माग्दै आन्दोलनर एक किसानको हृदयघातका कारण निधन
काठमाडौं । उखुको भुक्तानी माग गर्दै आन्दोलनरत एक जना किसानको हृदयघातका कारण ज्यान गएको छ । माइतीरमा आन्दोलनरत सलार्हीका ६४ वर्षीय किसान नारायण राय यादवको हृदयघातका कारण निधन भएको हो
उनको मगलबार गंगालाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । यादवलाई मंगलबार बिहान छाती दुखेपछि चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा भर्ना गरिएको संघर्ष समितिका संरक्षक राकेश मिश्रले जानकारी दिए ।
मंगलबार बिहान यादवले मलाई गाह्रो भयो भनेर साथीलाई भनेपछि उनलाई अस्पताल लगिएको थियो । हेल्पिङ ह्यान्ड्सका डाक्टरले अवस्था नाजुक रहेको भन्दै गंगालाल अस्पतालममा रिफर गरेका थिए ।
यादवले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६३ हजार रुपैयाँ लिनुपर्ने थियो । उखु बेचेको भुक्तानी माग गर्दै उनी पनि माइतीघरमा आन्दोलन गरिरहेका थिए । ४ दिनअघि उनले अन्नपूर्ण मिलबाट १ लाख ६० हजार रुपैयाँ मात्र पाएका थिए । उनले बैंकबाट १८ लाख रुपैयाँ ऋण लिएका छन् । ब्याजसहित उनले बैंकलाई तिर्नुपर्ने रकम करिब २२ लाख पुगेको उनका नातेदार महिन्द्र राय यादवले जानकारी दिए ।