पाल्पामा पहिरो प्रभावित १५ घरपरिवारलाई पाल्पा जिल्ला समाज यूकेको आर्थिक सहयोग
पाल्पा ।पाल्पाको रिब्दीकोट गाउँपालिकाका ७ र तिनाउका पहिरो प्रभावित १५ घरपरिवारलाई पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग, परिवार) ले ३ लाख १४ हजार ६ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
रिब्दीकोट गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी पहिरोले ज्यान गुमाएका रिब्दीकोट ७ डबकाका हरी बहादुर लम्तरीको परिवारलाई ५० हजार प्रदान गरेको हो । कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका विभिन्न वडाका ६ जनालाई समेत १२ हजार ६ सयका दरले आर्थिक सहयोग प्रदान गरेको हो ।
रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसि, उपाध्यक्ष लक्ष्मी खनाल, पालिका प्रवक्ता विष्णु खनाल, पाल्पाली भञ्याङ्ग, परिवार यूकेका प्रतिनिधि ईन्द्र थापा र पाल्पाका पत्रकारहरुको सहभागितामा पहिरो प्रभावितहरुलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।
गाउँपालिकाको सिफारिसका आधारमा वडा नम्बर ३ की मिना बिक, वडा नम्बर ४ का बिर बहादुर थापा, वडा नम्बर ६ का देबीकला खत्री ज्ञवाली, वडा नम्बर ५ का राम बहादुर नेपाली, वडा नम्बर २ का धन बहादुर बिक र वडा नम्बर ६ कालाटारका जग बहादुर बगालेलाई आर्थिक सहयोग प्रदान गरिएको कार्यक्रम संचालक पत्रकार देब पचभैयाले जानकारी दिए ।
तिनाउँ गाउँपालिकाका १५ पहिरो प्रभावित घर परिवारलाई समेत पाल्पा जिल्ला समाज यू।के ९पाल्पाली भञ्याङ्ग, परिवार० ले १ लाख ८९ हजार आर्थिक सहयोग प्रदान गरेको छ । गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी प्रति घर परिवारलाई १२ हजार ६ सयका दरले सो सहयोग प्रदान गरिएको पाल्पा जिल्ला समाज यूकेका प्रतिनिधि इन्द्र थापा मगरले जानकारी दिए ।
पालिकाको सिफारिसका आधारमा तिनाउ १ का मुन बहादुर हिस्की, वडा नम्बर १ का ठूलो मान बहादुर घर्ती, वडा नम्बर १ का टिका बहादुर उचै, वडा नम्बर २ का मुना खत्री, वडा नम्बर २ का भीम बहादुर पुन, वडा नम्बर २ की पबित्रा कुमाल, वडा नम्बर ३ की मन्जु गुरुङ, वडा नम्बर ३ की शान्ती गाहा, वडा नम्बर ३ का डिल बहादुर लामीछाने, वडा नम्बर ३ की तिल कुमारी गुरुङ, कृष्ण बहादुर सुनार, वडा नम्बर ४ का रुद्र बहादुर घर्ती, वडा नम्बर ३ का जय बहादुर कनौजे, वडा नम्बर ४ का यम बहादुर दर्लामी र वडा नम्बर ६ का थर्क बहादुर सुनारलाई तिनाउ गाउँपालिकाका प्रवत्ता राजेश श्रेष्ठ र पाल्पा जिल्ला समाज यूकेका प्रतिनिधि इन्द्र थापा मगरले सहयोग रकम हस्तान्तरण गरे ।
यसअघि पाल्पा जिल्ला समाज यूकेले बगनासकालीको खानीगाउँ र रम्भादेबी गाउँपालिकाको फोक्सिङकोटका पहिरो प्रभावितहरुलाई समेत आर्थिक सहयोग गरेको थियो । यसरी यही आर्थिक वर्षमा पाल्पाली भञ्याङ्ग परिवारले पाल्पाका भुकम्प प्रभावितहरुलाई ७ लाख १५ हजार आठ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ ।