मनकामना केवलकार एक साताका लागि बन्द
फ्ल्यासन्युज नेपाल२०७७ पुष १४ गते १०:५३
काठमाडौं । गोरखाको मनकामना केवलकार मंगलबारदेखि एक साताका लागि बन्द भएको छ । नेपालकै पहिलो केबुलकार बृहत मर्मत गनुपर्ने भएका कारण बन्द गरिएको हो ।
केवलकार पुष १४ गते देखी २० गते सम्म बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । प्रबन्ध निर्देशक उज्वल शेरचनले केबुलकार सञ्चालनमा आए देखी मर्मतकालागि भनेर भनेर पहिलो पटक लामो समय बन्द गरिएको जानकारी दिएका छन् ।
यस भन्दा अगाडी पनि नियमित मर्मतकालागि ३ देखी ४ दिन बन्द गरेर मर्मत गरिदै आएको थियो । केवलकार पुष २१ गते देखि नियमित सञ्चालनमा आउने बताइएको छ । कोरोना संक्रमणका कारण बन्द केवलकार मंसिर २८ गतेवाट मात्रै सञ्चालनमा आएको थियो । त्यसपछि बीस हजार यात्रुले केवलकारको सेवा लिएका छन् ।