मंगलबार, जेठ १६, २०८०

जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ पुष १४ गते ८:५०

दाङ । दाङको देउखुरीमा जीपले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

सोमबार साँझ लमही नगरपालिका ५ नर्तीमा लु २ च ५६६४ नम्बरको जीपले ठक्कर दिँदा पैदल यात्री प्युठानको मल्लरानी गाउँपालिका ५ का ३७ वर्षीय गोकर्ण बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जीपको ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा लमही अस्पतालमा सोमबार राति ज्यान गएको हो ।

तपाइँको प्रतिक्रिया