बेलायतबाट फर्किएका ५ जना नेपालीमा कोरोना भेटियो
फ्ल्यासन्युज नेपाल२०७७ पुष १४ गते ८:१५
काठमाडौं । बेलायतबाट आएका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितलाई पूरानो खालको कोरोना भाइरस हो वा नयाँ खालको भाइरस भन्ने प्रष्ट नभएको अधिकारीहरूले बताएका छन् ।
बेलायतबाट आउने नागरिकलाई अनिवार्य रुपमा १० दिनसम्म क्वारेन्टिनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आह्वान गर्दै आएको छ । बेलायतबाट आएर क्वारेन्टिनमा बसेका मध्ये ५ जनालाई लक्षण देखिएपछि परीक्षण गरिएकोमा उनिहरुको रिपोर्ट पोजेटिभ आएको हो ।
इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) का अनुसार अहिले उनीहरु राजधानीको विभिन्न होटेलमा क्वारेण्टिन बसिरहेका छन् । नयाँ किसिमको कोरोना भाइरस भएको पत्ता लगाउन उनीहरुको जिन सिक्विनिङ गर्नुपर्ने इडिसिडीले बताएको छ ।