बिहीबार, मंसिर १४, २०८०

९ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस

फ्ल्यासन्युज नेपाल२०७७ पुष १४ गते ८:०४

काठमाडौ । गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । गृह सचिव नेतृत्वको बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले बढुवाका लागि ९ जना एसएसपीको नाम सिफारिस गरेको हो ।

सिफारिस हुने एसएसपीहरुमा गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहोरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य छन् । डीआईजीमा ९ वटा दरबन्दी रिक्त रहेको छ ।

तपाइँको प्रतिक्रिया