ओलीसँग मिलेर अघि बढ्न चिनियाँ टोलीको प्रचण्डलाई निर्देशन, ओली सच्चिए, मिल्न तयार छौं- प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवादका कारण विभाजन भएसँगै चिनियाँ एक विशेष टोली विशेष चासोका साथ नेपाल आएको छ । आइतबार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली काठमाडौं आएर राष्टपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली सँग भेट गर्यो ।
भेटघाटलाई तिब्र बनाएको उक्त टोलीले सोमबार एकै दिन पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल र सभामुख अग्नी प्रसाद सापकोटासँग भेट गरेको छ । भेटका क्रममा प्रचण्डलाई चिनियाँ विशेष टोलीले प्रधानमन्त्री ओली सँग मिलेर अघि बढ्न निर्देशन सहितको सुझाव दिएको छ ।उक्त टोलीले सोमबार बिहान दाहाल निवास खुमलटारमा पुगेर सम्भव भएसम्म नेकपा ९ओली पक्ष० का अध्यक्ष प्रधानमन्त्री ओलीसँग मिलेर अघि बढ्नको लागि सहल्लाह दिएका हुन् ।
दाहालसँग करिब ४५ मिनेट वार्ता गरेको उक्त टोलीले नेकपाको पार्टी एकतालाई कायम राख्न आग्रह गरेका हुन् ।जवाफमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली सच्चिए भने मिलेर अघि बढ्ने आश्वस्त पारेको स्रोतले जनाएको छ ।