शुक्रबार, असोज २१, २०७९

न्यायालयबाट जे निर्णय हुन्छ त्यो मान्छौं- देउवा

फ्ल्यासन्युज नेपाल२०७७ पुष १३ गते १६:३९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अदालतमा विचारधानी मुद्धाका विषयमा आफूहरु नबोल्ने उद्घोष गरेका छन् । प्रतिनिधि सभा विघटनको विरुद्ध कांग्रेसले गरेको विरोध प्रदर्शनलाई सम्बोध गर्दै सभापति देउवाले उक्त कुरा बताएका हुन् ।

सोमबार भक्तपुरमा आयोजित सरकारको कदमको विरोध सभामा सोमबार सभापति देउवाले भने, अदालतमा विचाराधीन मुद्दा जो छ त्यसमा हामी केही बोल्ने छैनौं, न यता न उता । अदालतलाई धम्क्याएर, तर्साएर निर्णय गराउने होइन। सरकारले बदमासी गर्न सक्ला, संसद्ले बदमासी गर्न सक्ला तर अन्तिम निकाय भनेको न्यायालय हो । न्यायालयबाट जे निर्णय हुन्छ, त्यो मान्नैपर्छ र मान्दै आएका छौं ।
सभापति देउवाले भने, अदालतमा विचाराधीन मुद्दामा हाम्रो पार्टी केही भन्दैन ।

हामी अदालतको आदेश मान्नेछौं । देशभरीमा ओलीको असंवैधानिक, अप्रजातान्त्रिक कदमको विरुद्धमा हामी विरोध प्रदर्शन गर्नेछौं, देउवाले थपे, हाम्रो इच्छाविरुद्ध होस् कि इच्छाअनुसार होस् हामी अदालतको आदेश मान्छौं । अदालतलको स्वविवेकीय अधिकार छ । अदालतको निर्णयसम्म पर्खिन्छौं । अदालतलको निर्णय मान्ने पार्टी हो, त्यसलाई स्वीकार गर्नेछौं ।

तपाइँको प्रतिक्रिया