बिहीबार, मंसिर १४, २०८०

ओलीकाे पराजय र हाम्रो विजय यात्रा सुरु भयो-प्रचण्ड

फ्ल्यासन्युज नेपाल२०७७ पुष १३ गते १५:१६

काठमाडौं । दाहाल नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली जंग बहादुर राणाको शैलीमा अघि बढेको आरोप लगाएका छन् ।

सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली जंबहादुर राणाको बाटोमा हिँडेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो । त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो ।’ओलीले संविधानमै नभएको प्रावधान लागू गर्दै प्रतिनिधि सभा विघटन गरेको बताउँदै केपी ओली इतिहासको कलंक भएको दाबी गरे ।साथै आगामी निर्वाचनमा मार्फत चुनाव जित्ने समेत दाबी गरे ।

तपाइँको प्रतिक्रिया