आइतबार, चैत १२, २०७९

छापावाला सुनको मुल्य सात सयले बढ्यो

फ्ल्यासन्युज नेपाल२०७७ पुष १३ गते १४:५७

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज तेजाबी सुन तोलाको ९४ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको एक हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेका कारण नेपाली बजारमा पनि बढेको महासङ्घले जनाएको छ ।

यसअघि लगातार बढेको सुनको भाउ मङ्सिरको तेश्रो हप्ताबाट केही घटेको थियो । तर अहिले सुनको भाउ फेरि उकालो लागेको छ ।

तपाइँको प्रतिक्रिया