बिहीबार, मंसिर १५, २०७९

दुई जना प्रहरीको हत्या गर्ने मुख्य अभियुक्त पक्राउ

फ्ल्यासन्युज नेपाल२०७७ पुष १३ गते १४:२५

धनगढी । कैलालीको धनगढीमा डिउटीमा रहेका दुई जना प्रहरीको हत्याका गर्ने मुख्य अभियुक्त पक्राउ परेका छन् । हत्याका मुख्य योजनाकार भनिएका धनगढी उपमहानगरपालिका वडा नम्बर १० चकमेलीका ३० वर्षीय सुकबहादुर रानालाई प्रहरीले घटनाको अढाई महिनापछि पक्राउ गरेर सार्वजनिक गरेको छ ।

गत कात्तिक १ गते नियमित गस्तीमा खटिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या भएको थियो ।

सुकबहादुर लामो समयदेखि भारतको बनकट्टी र सरियापारबाट नेपालमा सामान भित्र्याउने र यहाँबाट अवैध रुपमा भारत सामान पठाउने कार्यमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया