चीनमा अन्धाधुन्ध चक्कु आक्रमण सात जनाको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७७ पुष १३ गते ९:४७
एजेन्सी ।चीनमा अन्धाधुन्ध चक्कु आक्रमणमा परी ७ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनको पूर्वी क्षेत्रमा सो घटना भएको हो ।
लिओलिङ्ग प्रान्तको काइयुएन शहरमा भएको सो घटनामा अन्य सात जना घाइते भएका छन् । प्रहरीले सो घटनामा संलग्न आक्रमणकारीलाई पक्राउ गरेको सिन्ह्वाले जनाएको छ । आक्रमणको कारण भने खुल्न सकेको छैन ।