प्रचण्डद्वारा दुख व्यक्त
फ्ल्यासन्युज नेपाल२०७७ पुष १३ गते ९:०२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा स्थायी कमिटी सदस्य चक्रपाणी खनालको आमा निधन प्रति दुख व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले सोमबार बिहानै ट्विट गर्दै शोक व्यक्त गरेका हुन् ।
अध्यक्ष प्रचण्डले ट्विटमा उल्लेख गरेका छन्,हाम्रो पार्टीका स्थायी कमिटी सदस्य चक्रपाणी खनाल ‘बलदेव’ की ममतामयी आमाकोआइतवार राति ८ बजे काठमाडौंमा निधन भएको खबरले हामीलाई दुखित् तुल्याएको छ । दिवंगत आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।