बिहीबार, मंसिर १५, २०७९

सेयर बजारमा दोहोरो अंकको गिरावट

फ्ल्यासन्युज नेपाल२०७७ पुष १२ गते १७:०१

काठमाडौं ।साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आयो । उतारचढाव बिच बजार परिसुचक नेप्से ३९ अंकले ओरोलो लागेर १९ सय ९८ मा आइपुगेको छ ।

यसदिन कारोबार भएका सबैजसो समुह ओरालो लागेसँगै नेप्से पनि ओर्लिएको हो । यसदिन जीवन बिमा समुहमा ५ सय ३१ अंकको गिरावट आउँदा निर्जिवन बिमा समुह २ सय ३८ अंकले ओर्लियो ।

यसदिन कारोबार भएका २ सय ४ कम्पनीमध्ये २० कम्पनीको शेयर मुल्य बढ्दा १ सय ४२ कम्पनीको शेयर मुल्य घट्यो ।

यसदिन २ सय ४ कम्पनीको ८२ लाख ५४ हजार कित्ता शेयर ४ अर्ब ६६ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

तपाइँको प्रतिक्रिया