बिहीबार, जेठ १८, २०८०

पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितले ज्यान गुमाए

फ्ल्यासन्युज नेपाल२०७७ पुष १२ गते १६:४१

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार,कोरोनाका कारण योसंगै मृत्यु हुनेको संख्या १८२५ जना पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ । पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

योसंगै कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४९ हजार ८६३ जना पुगेको छ । ल देशभर ६४९३ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६४९३ होम आइसोलेसनमा छन् भने २८८ जनाको आईसीयू र ३६९ जना क्वारेन्टिनमा रहेका छन् ।

 

तपाइँको प्रतिक्रिया