कांग्रेसले चुनाव भएपछि ठूलो पार्टी हुन्छौं भन्ने भ्रममा नपरे हुन्छ: डा. भट्टराई
फ्ल्यासन्युज नेपाल२०७७ पुष १२ गते १६:१९
काठमाडौं । जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसलाई निर्वाचन हुन्छ भन्नेमा भ्रममा नपर्न आग्रह गरेका छन् । प्रतिनिधि सभा विघटन विरुद्ध समाजवादी पार्टीले गरेको विरोध प्रदर्शनमा डा. भट्टराईले उक्त कुरा बताएका हुन् ।
आइतबार विरोध प्रदर्शनलाई सम्बोधन गर्दै डा. भट्टराईले भने,प्रधानमन्त्री केपी शर्मा ओलीको ध्येय निरंकुश शासन गर्ने भएकाले आफ्नो प्रभुत्व कायम गरेको विश्वास नभएसम्म चुनाव गराउँदैनन् । पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ , सरकार चलाउँछौं भन्ने भ्रममा नपर्नुस् ।’
ओलीले भनेको, ‘चुनाव भ्रम मात्र हो, आफ्नो निरंकुश शासन गर्ने ध्येयले चुनावको कुरा गरेका हुन् उनले भने । डा. भट्टराईले कांग्रेस र अरु साथीहरुलाई आग्रह गर्न चाहन्छु, न्यायालयबाट आश गरौं, ढुक्क नबनौं’ ।