बुधबार, मंसिर १३, २०८०

चिनियाँ कम्युनिष्ट पार्टीका उपमन्त्री गुओ येचौको टोली काठमाडौं आइपुग्यो

फ्ल्यासन्युज नेपाल२०७७ पुष १२ गते १४:३८

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको टोली काठमाडौं आइपुगेको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विभाजित भएसँगै चिनियाँ टोली नेपाल आइपुगेको हो ।

उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौं आएको हो ।चिनियाँ प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ र नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने छ ।

नेता यचौ ०७४ फागुनमा पनि नेपाल आएका थिए । यचौको भ्रमण भएको तीन महिनापछि तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो ।

तपाइँको प्रतिक्रिया