बिहीबार, मंसिर १५, २०७९

ट्रकको ठक्करबाट गुल्मीमा दुईजना पैदल यात्रीको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ पुष १२ गते ९:३७

गुल्मी । गएराति गुल्मीमा ट्रकको ठक्करबाट दुईजना पैदल यात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट रेसुङ्गा नगरपालिका– १३ भगारिका २६ वर्षका टोप बहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेलको मृत्यु भएको हो ।

उनीहरुलाई बुटवलबाट तम्घास आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ भगारी स्थित मसिने खोलामा ठक्कर दिएको थियो । दुबै जनाको घटनास्थलमै मृत्त्यु भएको हो । चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइँको प्रतिक्रिया