पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पुर्वी नेपालको भ्रमणमा निस्कने
फ्ल्यासन्युज नेपाल२०७७ पुष १२ गते ८:३३
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पुर्वी नेपालको भ्रमणमा निस्कने भएका छन् । पूर्व रानी कोमल शाहसहित उनी भोली झापाको दमकमा रहेको हिमालयन रिसोर्टस्थित निवासमा जाने भएका हुन् ।
केही दिनपछि पूर्व युवराज्ञी हिमानी शाह पनि परिवारका केही सदस्य लिएर झापा जाने उनको सचिवालयले जनाएको छ। झापा बसाइको क्रममा उनले राजावादी संघ संस्थाका प्रतिनिधिसहित विभिन्न दलका नेता कार्यकर्तालाई पनि भेट्ने बताइएको छ । झापा बसाइको क्रममा उनले केही धार्मिकस्थलको समेत भ्रमण गर्ने सम्भावना रहेको छ ।