शुक्रबार, असोज १४, २०७९

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा आर्थिक मामिला तथा योजनामन्त्री आङ्बो बर्खास्त

फ्ल्यासन्युज नेपाल२०७७ पुष ११ गते १९:४८

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई बर्खास्द गरेका छन् ।

मुख्यमन्त्री शेरधन राईले आज मन्त्री आङ्बोलाई पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

पूर्व माओवादी नेता आङ्गबो अहिले प्रचण्ड–नेपाल समूहमा रहेका छन् । मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएका थिए ।

त्यसैले उनलाई हटाइएको हो । प्रचण्ड नेपाल समूहले ओली समूहका राईविरुद्ध भोलि नै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

तपाइँको प्रतिक्रिया