मंगलबार, मंसिर २०, २०७९

प्रचण्डले गरे गौतमलाई आफ्नो समूहमा आउन आग्रह,गौतम भने मौन !

फ्ल्यासन्युज नेपाल२०७७ पुष ११ गते १८:२९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (दाहाल -नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बामदेव गौतमबीच ‍भेटवार्ता भएको छ । शनिबार बिहान दाहाल र गौतमबीच दाहाल निवास खुमलटारमा भेटवार्ता भएको हो ।

दाहाल र गौतमबीच संसद् विघटन र पार्टी विभाजनको अवस्थाबारे छलफल भएको बताइएको छ । भेटवार्ताका क्रममा दाहालले गौतमलाई आफ्नो समूहमा आउन अनुरोध गरेकोसमेत बताइएको छ । तर, गौतमले भने स्पष्ट जवाफ नदिएको बताइएको छ ।

संसद विघटन प्रकरण पछि नेकपा विभाजित भएपनि गौतम हालसम्म केपी ओली र दाहाल–नेपाल पक्ष कतैपनि खुलेका छैनन् । दुबै पक्षले गौतमलाई आफूतिर तान्न प्रयास गर्दै आएपनि उनले निर्णय लिइसकेका छैनन् । गौतम दुबै पक्षको केन्द्रीय समिति र गुटको भेलामा पनि सहभागी भएका छैनन् ।

तपाइँको प्रतिक्रिया