बिहीबार, असोज २०, २०७९

हेम एन्ड माया फाउन्डेसनको सहयोगमा वृद्धावृद्धाको घर-घरमा कम्मल

फ्ल्यासन्युज नेपाल२०७७ पुष ११ गते १७:३४

बाजुरा । सेवा नै धर्म हो भन्ने मूल मर्मका साथ हेम एन्ड माया फाउन्डेसनको आर्थिक सहयोग र साहित्यकार एवम् समाजसेवी रीता शाहीको विशेष पहलमा हिमाली जिल्ला बाजुराका वृद्धवृद्धाको घरमै गएर कम्मल वितरण गरिएको छ ।

फाउन्डेसनको सहयोगमा बशाहीले पुस, माघको कट्याग्रिने चिसोबाट बञ्नका लागि वृद्धवृद्धाको घरमै पुगेर कम्मल वितरण गरेकी हुन् । ७० देखि ८० वर्षका वृद्धवृद्धालाई शाहीले घरमै पुगेर कम्मल वितरण गरेपछि सहयोगी दातालाई आर्सिवाद दिएका छन् । शनिबार बुढिंगङ्गा नगरपालिका साविकको ब्रमतोला गाविसमा दोस्रो चरणमा वृद्धवृद्धाहरुको घरमै पुगेर कम्मल वितरण गरिएको शाहीले जनाएकी छिन् । चिसोको समय,दम रुघाखोकी जस्ता मौसमी रोगबाट बञ्न हेम एन्ड माया फाउन्डेसन निकै परोपकारी रहेको शाहीले बताइन् ।

साथै उक्त सहयोग गर्ने दाइ हेम थापा र भाउजू माया थापा विशेष धन्यवादको पात्र रहेको भन्दै शाहीले उनीहरुको प्रशंसा समेत गरिन् । फाउन्डेसनले मुलकभरका असाय, गरिब, पीडितहरुको दुखमा मलमको काम गर्दै आएको छ ।
साहित्यकार शाहीले गरिन् वृद्धवृद्धाको घरमै पुगेर कम्मल वितरण

तपाइँको प्रतिक्रिया