बिहीबार, असोज २०, २०७९

काठमाडाैमा ठकुरी सहयोग सञ्जाल नगर कमिटी गठन

फ्ल्यासन्युज नेपाल२०७७ पुष ११ गते १७:०९

काठमाडौं । ठकुरी सहयोग सञ्जाल केन्द्रीय कार्यालय नक्सालले काठमाडौं उपत्यकामा ठकुरी सहयोग सञ्जाल विस्तार अभियान तिब्र पारेको छ । ठकुरीहरुको जातित्व रक्षा, पहिचान, धर्म संस्कार र संस्कृतिको रक्षा गर्ने उद्धेश्यका साथ ठकुरी सहयोग सञ्जालले काठमाडौं उपत्याका ठकुरीहरुलाई एकताको शुत्रमा बाँध्ने अभियान अघि बढाएको हो ।

सोहि सन्दर्भमा ठकुरी सहयोग संजालको अगुवाईमा काठमाडौंको गोकर्णेश्वर-८ आरुवारीमा नगर स्तरिय ठकुरी सहयोग सञ्जाल गठन गरिएको छ । शनिबार एक भेलाको आयोजना गर्दै ठकुरी अभियान्ता उपेन्द्र शाह,सुदीप हमाल र बालकृष्ण शाहीको विशेष पहल र ठकुरी सहयोग सञ्जाल केन्द्रीय कार्यालय नक्सालको समन्वयमा नगर कमिटी गठन गरिएको हो ।

भेलाले प्रेम शाही ठकुरीको अध्यक्षतामा ११ सदस्यीय नगरकमिटी गठन गरेको हो । जसमा उपाध्यक्ष शारदा शाही ठकुरी ,सचीव हेम बहादुर शाही ठकुरी, कोषाध्यक्ष अर्जुन शाही ठकुरी, सदस्यहरू शिव हरि शाही ठकुरी ,हरि कृष्ण शही ठकुरी , मिना शाही ठकुरी , सुशील ठकुरी लाई मनोनयन गरेको छ ।

 

कार्यक्रममा संजालका केन्द्रीय अध्यक्ष अजय मल्ल ठकुरी, महासचिव अभिषेक जङ शाह , वरिष्ठ सल्लाहकार किरण शाह , बिष्णु ठकुरी लगायतका ठकुरीहरुको बाक्लो उपस्थिती रहेको थियो । करिब ३० जनाको उपस्थिती रहेको थियो ।

 

ठकुरी वर्ग आफैमा एक इतिहास भएकाले पछिल्लो समय ठकुरी भएकै कारण विभिन्न निकाय मार्फत जातिय रुपमा गलत व्याख्या हुने गरेको सञ्जालका अध्यक्ष अजय मल्ल ठकुरीले बताए । मललका अनुसार, विरताको गौरव भनेको ठकुरी हुन् । तत्कालिन समयमा मुलुक एकता र निर्माणमा ठकुरीको योगदान अतुलिनय छ । तर पछिल्लो समय ठकुरी भएकै कारण अन्य जाति वा वर्गका कारण हेपिनु परेकाले त्यसको प्रतिवाद र इतिहास रक्षाका लागि ठकुरी एकताको विकल्प छैन् ।

भेलालाई सम्बोधन गर्दै वरिष्ठ सल्लाहकार किरण शाहले ठकुरीको पछिल्लो पुस्ताले आफ्नो भाषा, संस्कार विर्सदै गएको बताए । उनले भने ठकुरीको भाषा अन्य जातिहरुले ग्रहण गरेका छन । आफ्नो गोत्र, कुल देउता, वंश समेत विर्सदलै गएकाले ठकुरीहरुले एकजुट भएर अघि बढ्नु पर्ने उद्घोष गरे । ठकुरीको भाषा सामन्ती नहुने तर ठकुरी जाति सामन्ती भएको भन्ने अपव्याख्या प्रति ठकुरी सहयोग सञ्जालका अभियान्ताले आक्रोश व्यक्त गरेका थिए । साथै पुस २७ गते हुन्े एकता दिवसका लागि काठमाडौं एरियाका ठकुरीहरुले सक्रिय रुपमा अघि बढ्न सञ्जालले निर्देशन समेत दिएको छ ।

 

 

तपाइँको प्रतिक्रिया