संसद विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रतिनिधि सभा विघटन विरुद्धको प्रदर्शनमा सहभागी हुन सार्वजनिक रुपमा अपिल गरेका छन् । कांग्रेसले पुस १३ गते मुलकभर गर्न लागेको प्रर्दशनमा सहभागी भएर सहभागिता जनाउनका लागि देउवाले अपिल गरेका हुन् ।
शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दे सभापति देउवाले भनेका छन्, ुविघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठकमार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ ।
जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णयपश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।
हेर्नहोस् विज्ञप्ति जस्ताको त्यस्तै