सोमबार, चैत ६, २०७९

भाग्यमानी दम्पती, पालै- पालो मन्त्री बने

फ्ल्यासन्युज नेपाल२०७७ पुष ११ गते ९:०४

काठमाडौं । सुन्दा पनि अच्चम लाग्छ । कहिले श्रीमान मन्त्री त कहिले श्रीमती मन्त्री । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार १३ औँ पटक मन्त्रिपरिषद् पुर्नगठन तथा विस्तार गरे । ओलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा तत्कालीन एमाले नेता रघुवीर महासेठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाए ।

गत २ चैतमा २०७४ देखि ४ मंसिर २०७६ सम्म २० महिना महासेठ मन्त्री रहे । ओलीले तेह्रौ पटक मन्त्रिपरिषद् पुर्नगठन गर्ने क्रममा महासेठकी श्रीमती जुली महतोलाई स्थान दिएका छन् । श्रीमानलाई मन्त्रीबाट हटाएको १३ महिनापछि ओलीले आफ्नो मन्त्रिपरिषद्‍मा महासेठकी श्रीमतीलाई फुल मन्त्रीको जिम्मेवारी दिएका हुन् ।

महतो समानुपातिकबाट विघटित प्रतिनिधिसभामा सांसद भएकी थिइन् । गैर-आवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा व्यापारी उपेन्द्र महतोकी बहिनीसमेत रहेकी महतोलाई सांसद छनोट गरिएपछि आलोचना भएको थियो । ओलीकै जोडबलमा विघटित प्रतिनिधिसभा सदस्य बनेकी महतोलाई ओलीले मन्त्रीको पुरस्कार दिएका छन् ।

५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटीरूपमा संसद् विघटन गर्ने निर्णय लिएसँगै मन्त्रिपरिषद्मा रहेका माधवकुमार नेपाल पक्ष र पुष्पकमल दाहाल-प्रचण्ड पक्षका मन्त्रीहरूले राजीनामा दिएका थिए ।

नेकपा विभाजनको दिशामा गएपनि महतो ओली खेमामा र महासेठ प्रचण्ड-नेपाल खेमामा देखिएका थिए । तर, श्रीमतीले नै मन्त्री पाउने निश्‍चित भएसँगै महासेठ ७ पुसमा ओलीको पक्षमा खुलेका थिए ।

तपाइँको प्रतिक्रिया