बिहीबार, मंसिर १४, २०८०

पुराना वामपन्थी नेता स्वनाम साथीको निधन

फ्ल्यासन्युज नेपाल२०७७ पुष ११ गते ८:३०
काठमाडौं ।मार्क्सवादी चिन्तक तथा पुराना वामपन्थी नेता स्वनाम साथीको निधन भएको छ । स्वनामको शुक्रबार मोडेल अस्पतालमा साँझ निधन भएको हो । कोरोना नेगेटिभ भए पनि निमोनिया देखिएपछि फेरि स्वनामलाई २२ मंसिरमा अस्पताल भर्ना गरिएको थियो । उनको केही समयअघि मुटुको शल्यक्रिया गरिएको थियो । नेकपा (चौम) देखि नै सक्रिय राजनीतिमा रहेका उनी नेकपा मसाल, नेकपा एकता केन्द्र, नेपाल मसाल, नेकपा (माओवादी)हुँदै नेकपामा सक्रिय थिए ।

तपाइँको प्रतिक्रिया