बिहीबार, मंसिर १४, २०८०

राष्ट्रियसभाको हिउँदे अधिवेशन गर्न राष्ट्रपतिसमक्ष सिफारिस

फ्ल्यासन्युज नेपाल२०७७ पुष ११ गते ८:१७

काठमाडौं ।मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन १७ पुसका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्ले राष्ट्रियसभाको बैठक डाक्न सिफारिस गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १८ असारमा मन्त्रिपरिषद् बैठकको सिफारिसमा अधिवेशन अन्त्य गरेकी थिइन् । संविधान अनुसार ६ महिनाको बीचमा संसद्को अधिवेशन बोलाउनुपर्ने हुन्छ ।

त्यस्तै, शुक्रबार साँझको मन्त्रिपरिषद्ले केहीको जिम्मेवारी हेरफेर गर्दै नयाँ मन्त्रीसमेत थप गरेको छ । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड नेपाल समूहबाट मन्त्रिपरिषद्मा सहभागीहरूले राजीनामा दिएपछि रिक्त स्थानमा ओलीले नयाँ मन्त्री नियुक्त लाई नियुक्त गरिएको हो ।

पूर्वमाओवादी समूहबाट आफ्नो पक्षमा खुलेकाहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका छन् ।

तपाइँको प्रतिक्रिया