मंगलबार, मंसिर २०, २०७९

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता

फ्ल्यासन्युज नेपाल२०७७ पुष ११ गते ७:२२

काठमाडाै । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको छ । कार्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त भएको दुई लघुवित्तबीच आज पौष १० गते गाभ्ने-गाभिने सम्बन्धी अन्तिम सम्झौता भएको हो ।

 

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभ्ने÷ गाभिने ९मर्जर० सम्बन्धी अन्तिम समझौतापत्रमा समारोहकाबीच हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त सम्झौतामा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्थाको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरेका हुन् ।

मर्जर हुने यी दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन ।

दुई संस्थाबीच मिति गत श्रावण ३२ गते गाभ्ने -गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

गाभ्ने-गाभिने (मर्जर)सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुनेछ ।

 

 

तपाइँको प्रतिक्रिया