प्रधानमन्त्री ओलीले दुई मन्त्रीको बर्खास्त गर्दै, ९ मन्त्री थपे
फ्ल्यासन्युज नेपाल२०७७ पुष १० गते २०:११
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले ९ जना थपेर थप गरेका छन् भने दुई जना मन्त्रीलाई बर्खात गरेका छन् । शुक्रबार मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थपेका हुन् ।
शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् ।
मन्त्रिपरिषद विस्तारअघि प्रधानमन्त्रीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई हटाएका छन् ।