शुक्रबार, असोज २१, २०७९

९ महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्रको परीक्षा पुस १४ गतेबाट

फ्ल्यासन्युज नेपाल२०७७ पुष १० गते १९:४१

काठमाडाै। कोरोना संंक्रमणको जोखिमका कारण ९ महिनादेखि बन्द रहेको सवारी चालक अनुमति पत्रको परीक्षा मंगलबारदेखि खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागले आज सूचना निकाल्दै पुस १४ गते मंगलबारदेखि सवारी चालक अनुमतिपत्रको परीक्षा खुल्ला हुने जनाएको हो ।

विभागले स्वास्थ्य मन्त्रालयको स्वास्थ्य मापदण्ड परिपालना गर्दै अनलाइनबाट फाराम बुझाउन सकिने व्यवस्था गरेको जनाएको छ ।

कोरोना संक्रमण फैलँदै गएपछि सरकारले चैतदेखि परीक्षा फाराम लिन नै बन्द गरेको थियो ।

यसअघि सवारीचालक र सवारीसाधन नवीकरण लगायतका काम जारी राखिए पनि सवारी चालक अनुमति पत्रको परीक्षा भने खुलाइएको थिएन् । यातायात व्यवस्था कार्यालय सेवाग्राहीको धेरै भीडभाड हुने प्रमुख कार्यालयमा पर्छ ।

तपाइँको प्रतिक्रिया