बिहीबार, जेठ १८, २०८०

चिनियाँ राजदूत यान्छीद्धारा नेकपाका नेताहरुसँग छलफल

फ्ल्यासन्युज नेपाल२०७७ पुष १० गते १९:०७

काठमाडौ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज पनि नेकपाका नेताहरुसँग छलफल गरेकी छिन । सत्तारुढ नेकपामा देखिएको विवादका विषयमा उनले नेकपा दाहाल नेपाल पक्षका अध्यक्ष माधव नेपालसँग छलफल गरेकी हुन । उनी नेपाल निवास कोटेश्वर पुगेर पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी लिएकी हुन ।

भेटमा दुई मुलुकका आपसी हितका विषयमा कुरा भएको बताइएको छ । यान्छीले शुक्रबार नै नेकपा नेता एवं पूर्व सभामुख कृष्णबहादुर महरासँग पनि भेटवार्ता गरेकी छिन । सत्तारुढ नेकपा भित्र विभाजन आएसँगै चिनियाँ राजदूतले दौडधुप बढाएकी छिन् ।

उनले बिहीबार पुष्पकमल दाहालसँग पनि भेट गरेकी छिन । चीनले पार्टी विभाजनको अवस्था आउन नदिन यसअघि पनि नेकपा नेताहरुलाई आग्रह गर्दै आएको थियो ।

तपाइँको प्रतिक्रिया