मंगलबार, मंसिर २०, २०७९

५ जना मन्त्री थपिए, सपथ ग्रहण पनि आजै

फ्ल्यासन्युज नेपाल२०७७ पुष १० गते १८:२७

काठमाडौं । संसद विघटन भएसँगै पहिलो पटक मन्त्रीमण्डल पूर्नगठन भएको छ । प्रतिनिधि सभा विघटन पश्चात सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् ।

नेकपा दाहाल नेपाल समूहका सात जना मन्त्रीले राजीनामा दिएसँगै प्रधानमन्त्री ओलीले आफ्नो समूहबाट ५ जना नयाँ मन्त्री थप गरेका हुन् । जसमा नयाँ मन्त्रीहरुमा प्रभु साह श्रममन्त्री,मनि थापा पर्यटन,दावा लामा शिक्षा,गौरी शंकर चौधरी खानेपानी र टोप बहादुर रायमाझी उर्जामन्त्रीमा नियुक्त भएका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ ।

तपाइँको प्रतिक्रिया