बिहीबार, जेठ १८, २०८०

प्रधानन्यायाधीश जबराको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन

फ्ल्यासन्युज नेपाल२०७७ पुष १० गते ११:०२

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर  जबराको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन भएकाे छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका एक दर्जनभन्दा बढी निवेदनको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको हाे ।

संवैधानिक इजलासमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । प्रधानन्यायाधीशले वरीयताक्रम अनुसार नराखी बीचबीचबाट न्यायाधीश छानेका हुन् ।

उक्त इजलासले शुक्रबारदेखि निवेदनहरूको सुनुवाइ थाल्नेछ । यही इजलासले विघटनको सिफारिस र राष्ट्रपतिको अनुमोदन संविधानसम्मत थियो कि थिएन भन्ने निर्णय पनि सुनाउन सक्नेछ ।

 

 

तपाइँको प्रतिक्रिया