रामचन्द्र पौडेलद्वारा ओलीलाई आफूसँग चुनाव लड्न चुनौति
फ्ल्यासन्युज नेपाल२०७७ पुष १० गते १०:५१
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूसँग चुनाव लड्न चुनौति दिएका छन् । बिहीबार सानेपामा केन्द्रीय कार्य समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले आफूलाई ‘चुनाव हार्ने डरले प्रतिनिधिसभा विघटनको विरोध गरेको’ भनी ओलीले लगाएको आरोपको प्रतिवाद गर्दै आफूसँग चुनाव लड्न चूनौति दिएका हुन ।
नेता पौडेलले ओलीले असंवैधानिक कदम चालेर लोकतन्त्रको हत्या गरेकाले कांग्रेस संविधान बचाउँन आन्दोलनमा उत्रिनुपर्ने तर्क गरे ।
त्यस्तै नेता पौडेलले प्रधानमन्त्री ओलीले संसद बिघटन गरेर संविधानको हत्या गर्ने प्रयास गरेको आरोपसमेत लगाए । अंसबैधानिक कदम विरूद्ध कांग्रेसले आन्दोलन गर्ने उनको भनाइ छ ।