मंगलबार, मंसिर २०, २०७९

सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधि सभा भंग गरें- ओली

फ्ल्यासन्युज नेपाल२०७७ पुष ९ गते १९:०९

काठमाडौं । प्रधानमनत्री केपी शर्मा ओलीले आफ्नै दलमा बसेर सरकार ढालेर पार्टी फुटाउन खोजेपछि संसद भंग गर्नु परेको स्पष्ट पारेका छन् । गुमेको भूमि फिर्ता माग्दा भारतसँग सम्बन्ध बिगारेको आरोप लगाउनेहरुले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधि सभा भंग गर्नुपरेको पनि अध्यक्ष ओलीले बताए । आफ्नो समूहले कसैलाई निष्काशन नगरेको भन्दै उनले दाहाल नेपाल समूहका नेतालाई मूलधारमा फर्कन अनुरोध समेत गरे ।

नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले आफूलाई पार्टीबाट हटाउनु भनेको चेस खेल्दा हात्ती खाएजस्तो भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले दाहाल नेपाल समूहप्रति लक्षित गर्दै उनले सो कुरा बताएका हुन । दाहाल नेपाल समूहले नारायणकाजी श्रेष्ठलाई प्रतिनिधि सभा विघटन विरुद्धको आन्दोलनको संयोजक बनाएकोमा व्यङ्ग्य गर्दै ओलीले खुट्टी हेर्दै चाल पाइयो भन्ने प्रतिक्रिया समेत दिए ।

अध्यक्ष ओलीले जनयुद्ध जनआन्दोलन केहीमा नलागेको मानिसले आन्दोलन गर्न लागेको भन्दै श्रेष्ठप्रति व्यङग्य गरेका हुन । नेकपामा उपद्रो मच्चाएवापत माधव नेपालले रजत पदक पाएको उनको व्यङ्ग्य थियो ।

 

तपाइँको प्रतिक्रिया