अबको एकमात्र एजेन्डा संगठन विस्तार र चुनाव हो- ज्ञवाली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले अबको एजेन्डा भनेको संगठन विस्तार र चुनाब रहेको स्पष्ट पारेका छन् । विहिबार बालुबाटारमा बसेको केन्द्रीय कमिटी बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले अबको मुख्य काम भनेको मध्यवधी निर्वाचन भएको बताएका हुन् ।
प्रवक्ता ज्ञवालीले प्रचण्ड माधव समूहका मन्त्रीहरुले राजीनामा दिएका मन्त्रालयहरुमाछिट्टै मन्त्री चयन गरिने समेत जनाएका छन् ।आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका पुष्पकमल दाहाल, माधवकुमार नेपाल समूहका ७ जना मन्त्रीहरुले राजीनामा दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ नभएको पनि प्रस्ट पारेका छन् । उनले भने, प्रधानमन्त्री कामचलाउ हुनुभएको छैन । राष्ट्रपतिले पनि त्यस्तो पत्र दिनुभएको छैन । उहाँ फुलफ्लेज्ड प्रधानमन्त्री हो ।साथै उनले अब नयाँ एजेन्डा मार्फत जनता माझ जाने बताएका छन् ।