नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७७ पुष ९ गते १६:५०
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना भाइरस संक्रमितकको मृत्यु भएको छ । यो सगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या मृतकको संख्या १८०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५९२ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ४७ हजार ४०० जना पुगेको छ ।
आज मात्रै ७३९ जना संक्रमित निको भएका छन् । हाल देशभर ७ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् ।