बिहीबार, मंसिर १५, २०७९

संसद विघटन विरुद्ध कांग्रेसले पुस १३ गते देशभर आन्दोलन गर्ने

फ्ल्यासन्युज नेपाल२०७७ पुष ९ गते १६:०७

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली कांग्रेसले देशैभरी आन्दोलन गर्ने निर्णय गरेको छ । बिहिबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध पुस १३ गते देशका सबै १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेकोहो ।

संसद विघटनका सन्दर्भमा कांग्रेस भित्र मत मतान्तर भए पनि बिहिबार कांग्रेस केन्द्रीय समिति बैठक हुनु पूर्व नै उक्त निर्णय गरिएको कांग्रेसले जनाएको छ ।

तपाइँको प्रतिक्रिया