ओली गुटमा प्रवेश गरेसँगै बादलले भने,एउटा गुट अलग भयो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले फुटवादी,अवसरवादी प्रतिगमनकारी तत्वहरुलाई मध्यावधी निर्वाचनमा गएर परास्त गर्नु पर्ने बताएका छन् । प्रचण्ड माधव गुट नेकपाबाट अलग भएको बताउँदै गृहमन्त्री थापाले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन केपी शर्मा ओलीलाई आफूले साथ दिएको बताएका छन् । प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ । उनले भने, चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्छ।
उनले दाहाल–नेपाल समूहले प्रतिक्रान्तिलाई सघाउने निर्णय गर्दै अघि बढेको बताएका छन् । माधव प्रचण्ड गुट दुश्मनको जालमा पर्नुभएको छ,ु आफ्नो सम्बोधनमा थापाले भने ।
संसद विघटनपछि केही दिन तटस्थ बसेका थापा आजको ओली समूहको बैठकमा सहभागी भएर ओलीलाई साथ दिएका छन् ।