बिहीबार, असोज २०, २०७९

जातिय विभेदको अभियानमा मेची महाकाली बुहारी संयुक्त आवाज

फ्ल्यासन्युज नेपाल२०७७ पुष ९ गते १०:५७

मेची महाकाली बुहारी संयुक्त आवाज तथा शाखा कार्यालय काठमाडौँको समन्न्वयमा बिहिबार जातीय विभेदमा ग्रामिण महिलाका पीडा तथा यस विभेद बिरुद्धको अभियानमा मेची महाकाली बुहारी संयुक्त आवाज विषयक अन्तरक्रिया कार्यक्रम र यस अभियानलाई अघि बढाउन योगदान गर्नु हुने कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम हुँदै छ।

बरिष्ठ समाज सेवी , CNN HERO माईती नेपाल की संस्थापक  अनुराधा कोइराला ज्युको प्रमुख अतिथ्य र पूर्व महिला बालबालिका तथा सामाज कल्याण मन्त्री आदरणीय दुर्गा श्रेष्ठको बिशेष आतिथ्य हुने यस कार्यक्रम मा लोकप्रिय गायकहरु बद्रि पंगेनी , प्रकाश सपुत , गायिका राधिका हमाल तथा अन्य कलाकार र समाज सेवीहरुको पनि उपास्थिति हुने छ । काठमाडौँ जिल्ला संयोजक अञ्जिला श्रेष्ठ को अध्यक्षता र बागमती प्रदेश संयोजक बिनिता अधिकारीको संचालनमा , प्रदेश संयोजक तथा अभियान्ता विद्यादेवी तिमिल्सिना तथा अनन्य जिल्ला संयोजक ज्यु हरुको सहभागितामा हुने यस कार्यक्रमले मलाई धेरै उत्साहित् बनाएको छ। नेपाल बाहिर भएको हुनाले सहभागी हुने अबसर जोडियन तर यस परिवेशमा केहि लेखु जस्तो लाग्यो।

हामीले जातीय विभेद बिरुद्धको अभियान अगाडी बढाउदै छौ तर यो कुनै निश्चित अबधि को लागि होइन , अधिकार को कुरा लियर सडक मा चर्का नाराबाजी गरेर पनि होइन , राज्य संग थप आरक्षण को माग गरेर पनि होइन , आज जस्तो सधै होटल या द्यबलत्रगभत हलमा सिमित प्रतिष्ठित शिक्षित महिला पुरुष को जमघट गरेर पनी होइन , सेमीनार कन्फेरेन्स गरेर पनि होइन।

संविधानमा धेरै कुरा आइसके धेरै कुरा समेटी सके ,यिनै आधार हरुमा या आरक्षण का आधारमा केहि दलित समुदाय का महिला संविधानको सर्बोच्च निकाय संसद सम्म पुग्नु भयो , केहि कानुन हरु त बने तर तर उहाहरुले चाहदा चाहदै पनि धेरै कुरा गर्न सक्नु भएन, यसले सायद उंहाँहरु स्वोयम लाई सन्तुष्ट दिन सकेको छैन होला। जातीय विभेद का कारण ले ग्रामिण भेगमा भोग्नु पर्ने पिडामा कुनै कमि आएन , समाज मा हेरिने हेयको दृष्टिकोण मा कुनै परिवर्तन भएन , किनकि संरचना परिवर्तन भयन र त्यो संरचनामा बनेको सोच परिवर्तन भएन।

संसदबाट कानुन त परिवर्तन होला तर मानिसका मानसिकता परिवर्तन हुन् सक्दैन । यो मानसिकता परिवर्तन नहुन्जेल सम्म संविधानमा दलित र अल्प संख्यका लागि लेखिएका अक्षरको उपहास हुने छ। त्यसैले हामीले संरचना परिवर्तन गर्नु छ । सोच परिवर्तन गर्नु छ ।उनिहरुको, जो संग संगै हामी बस्छौ र उनीहरु संगै रमाउनु छ । बिहेमा बाजा मात्र बजाउने होइन बेहुली , बेहुला पनि हुनु छ । भोजन बनाउने भाँडा मात्र होइन भान्छामा पनि संगै बस्नु छ । सुन पानी छर्कीएर चोखिने समाजमा संगै पानी पिउनु छ । यी आधारभूत कुरामा परिवर्तन आए मात्र परिवर्तनको आभास हुन्छ नत्र मान बहादुर बिश्वकर्मा प्रदेश मुख्य सचिब बनेर होस् या मिन बहादुर बिश्वकर्मा मन्त्री बनेर होस् कुनै परिवर्तन हुने वाला छैन ।

समावेसीले शिक्षित दलितको ब्यबस्थापन त होला तर दुर्गम बाजुराकी राम कुमारी बिश्वकर्माको पीडाको ब्यबस्थापन कसरी हुने रु अभिनेत्री रिमा बिश्वकर्मालाई हेरिने गरिने ब्यबहारमा आज कुनै कमि नहोला तर तीनै बाजुराकी राम कुमारी बिश्वकर्माले के महसुस गर्न पाइन र रु समस्या दलित का अधिकारको मात्र होइन दलित भित्रको गरिबी र यो गरिबीमा बनेको परिवेश र यो परिवेशका आधारमा गरिने शोषण र यो शोषण ले बनयाको भयकर ठुलो समाज भित्रको खाडल। के ले बनायो रु यो खाडलरु अशिक्षा त एउटा बहाना मात्र हो यहाँ त खाडल खन्नेमा शिक्षित नै अगाढी छन्। यो खाडल कसरी पुरियाला रु संघर्ष धेरै गरिसकियो अब कति गर्ने रु अधिकारका कुरा आफ्ना ठाउँमा छदैछन्, तर कहिलेकाँही अधिकारको लडाइले मन भित्र बिभाजन पनि लिएर आउछ । आपसी दोषारोपण ले हामीलाई हाम्रै छिमेकिबाट टाढा बनाउछ ।

तर आज हामीलाई हाम्रै छिमेकिबाट माया चाहियको छ बाध्यता को साहनुभुती होइन हाम्रो ह्रिदयको अन्तर कुनाको अनुभूति सुनीदिने छिमेकी चाहिएको छ। जबसम्म हाम्रो गाउँका छिमेकीमा त्यो परिवर्तन आउँदैन हामीलाई सचिब मान बहादुर विश्वकर्मा कहाँ पुगे या मन्त्री मिन बहादुर बिश्वकर्मा कहाँ पुगे त्यसले केहि फरक पार्दैन। हामी हाम्रो छिमेकी को मन भित्र कहाँ सम्म पुगेउ त्यसले फरक पार्छ। त्यो मन भित्र हामी प्रति को सम्मान कत्तिको छ रु गाँउ टोल छिमेक टोलमा जब सम्म एक आपसमा सम्मानको भावनाले जोडिदैन तब सम्म यो खाडल कहिले पुरिदैन। त्यसैले हरेक व्यक्ति को सोच परिवर्तन जरुरी छ ।

भाषणमा होइन ब्यबहारमा सबै भन्दा पहिले आफैलाई परिवर्तन गरौ भन्ने अभियानका साथ मेची महाकाली बुहारी संयुक्त आवाज अगाडी बढ्दै छ। हामीहरु सँग १४ हजार भन्दा बढी सदस्य हुनुहुन्छ बिभिन्न जात धर्म र वर्ग बाट हुनुहुन्छ तर यी सबै हाम्रा लागि गौण छन् किनकि हाम्रा लागि मानवता प्रमुख कुरो हो ।जीवन जिउने कलाका विभिन्न ब्याख्या होलान तर बिभाजन युक्त समाजमा कुनै पनि कलाले काम गर्दैन। जब सम्म हामी अरुको अस्तित्त्व लाई सम्मान गर्दैनौ अरुका पिडा लाई महसुस गर्न खोज्दैनौ । आफ्ना खुशी का लागी अरुका खुशी र चाहनालाई कुल्चन्छौ तब सम्म तपाइको स्वयम् व्यक्तिगत खुशी हुने चाहनाको पनि कुनै अर्थ नै रहदैन किनकि तपाई कहिल्यै वास्तविक खुशी हुनु भएको नै हुदैन। यो त बाँकि दुखि हरुको दुख हेरेर आफु सुखी छु भन्ने भ्रम मात्र हो। समुन्नत समाजको चाहना राखेर मात्र हुदैन, यसका लागि तपाईको समाज प्रति उत्तरदायित्त्व हुन्छ। सबै भन्दा प्रमुख उत्तरदायित्त्व भनेकै अरु प्रति सम्मान को भाब राख्नु हो।

हामी मेची महाकाली संयुक्त बुहारी आवाजका साथीहरु एक अर्काको सम्मान कसरी गर्ने भन्ने कुरा बाट प्रशिक्षित हुन् चाहन्छौ र नयाँ जोडिने साथीहरुलाई पनि यो मेलमिलापको भवाना लिएर संगै हिडाउने छौ। हामी बिभिन्न कार्यक्रम लिएर मेलमिलाप को संदेश लियर गांउ टोल छिमेक मा पुग्ने योजना गरेका छौ। थाहा छैन साधन स्रोतले कत्तिको साथ देला तर हरेक महिना प्रत्येक जिल्लामा स्थानीय बासीहरु सँग अन्तरजातीय छलफल सहितको जमघट कार्यक्रम गर्न चाहन्छौ। व्यक्तिगत रुपमा कुनै महिलाले अन्तरजातीय बिबाहको कारणले मानसिक पिडा भोग्नु परेको रहेछ भने हाम्रो सबन्धित जिल्लाका पधाधिकारीहरु घरमै गएर यस विषयमा परिवारका सदस्यहरुलाई प्रशिक्षित गराई एक आपसमा सम्मानजनक वातावरण तयार पार्ने कोशिस गर्दछौ। हुन त यस्ता काम हाम्रो स्थापना काल देखिनै गर्दै आएका छौ तर अब बृहतरुपमा बिशेष गरी यो जातीय विभेद बिरुद्धको अभियानमा केन्द्रित भएर दुर्गम बिकट ठाउँमा चेतनामुलक कार्यक्रम गर्ने छौ र अनन्य संस्था हरुसँग पनि सहकार्य गर्न इच्छुक छौ।

हामी यस कार्यमा सबैको सहयोगको अपेक्षा राख्दछौ। कलाकार साथी हरुको साथ हाम्रो निम्ति महत्त्वपूर्ण हुनेछ। आज पंगेनी थर को गायक ले परियार र सुनुवारको पिडा को गित गाउदा यति धेरै समाज तरंगित भयो सायद आज हामी सबै यहाँ यसरी जम्मा हुनुमा पनि यो गित को भूमिका छ। धन्यवाद बद्रि पंगेनी ज्यु। लोक प्रिय गायक , गीतकार प्रकाश सपुत , गायिका राधिका हमाल तथा सम्पूर्ण उपस्थित कलाकार साथी हरु लाई पनि धन्न्यबाद। यो एउटा ले अर्काको पिडा बुझ्ने र भावानाको सम्मान गर्ने सुरुवात हो र यो सुरुवात संगै मेची महाकाली बुहारी संयुक्त आवाजले यो विभेद बिरुद्ध को अभियान यात्रा यहाँबाटै सुरुवात गर्दछ। हामीलाई गर्व छ आदरणीय अनुराधा कोइराला जस्तो व्यक्ति को सामु यो यात्रा को सुरुवात गर्न पायौ।

चन्द्रमामा पनि दाग छ तर अनुराधा दिज्यूको सामाजिक सेवाको जीवन बेदाग छ , यस क्षेत्र मा लाग्ने जो कोहीलाई पनि उहाँ प्रेरणाको सक्षात देवी हुनुहुन्छ। हामीलाई उहाँको आशिर्बादको धेरै महत्त्व छ। यसै गरि कार्यक्रममा उपस्थित हुने सबै अथितिहरु समाज सेवामा समर्पित हुनुहुन्छ। तपाई हरु सबैको उपस्थिति नै हाम्रा निम्ति महत्त्वपूर्ण छ।

गितकार र मेची महाकालीको संस्थापक अध्यक्ष-यमु शर्मा सुब्बा

तपाइँको प्रतिक्रिया