आइतबार, असोज १६, २०७९

दोस्रो वरियतामा राख्ने भएपछि बादल लागे ओली तर्फ

फ्ल्यासन्युज नेपाल२०७७ पुष ८ गते २१:१३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद अहिले चौतर्फी रुपमा नागिंएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको आन्तरिक विवादका कारण पार्टी फुटको संघारमा देखा परेका छन् ।

गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रबाट नै सरकारलाई असजिलो पारेर भन्दै संसद विघटन गरेसँगै नेकपा विवाद चरम उत्कर्षमा पुगेको हो । संसद विघटनसँगै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधव समूह र ओली समूहले छुट्टाछुट्टै कार्यक्रम गर्दै आएका छन् । तर दुवै समूहमा मौन रहेका गृहमन्त्री राम बहादुर थापा बादलले भने ओली समूह रोजेका छन् । ओली पक्षको बादललाई ‘सेकेन्ड म्यान’ बना उने तयारी भएसंगै उनी ओली पक्षमा खुलेका हुन् । नेकपाका सचिवाल सदस्य रहेका बादलले बुधवार प्रधानमन्त्री ओली र प्रचण्डसंग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीको पार्टीमा उनलाई दोस्रो वरियताको नेता बनाउने गरी सहमती भएपछि उनी खुलेर ओली समूहमा लाग्ने बताइएको स्रोतले जनाएको छ। ओली निकट स्रोतका अनुसार प्रचण्ड अवसरवादी नेता भएको आरोप लगाउँदै पार्टी एकता भन्दा फुटको राजनीति गरिहेको आरोप समेत बादलले लगाएका छन् । पछिल्लो समय बादलसँग पुर्व माओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा रहेका छन् ।

 

तपाइँको प्रतिक्रिया