शनिबार, मंसिर २४, २०७९

न्यायालय सक्षम र चनाखो हुनुपर्छ: प्रधानमन्त्री

फ्ल्यासन्युज नेपाल२०७७ पुष ८ गते २०:०८

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो रहनुपर्ने बताएका छन । काठमाडौंको रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ परिवेश अनुसार कानूनहरु परिवर्तन हुँदै जाने भएकाले त्यसको कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो रहनुपर्ने बताएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले व्यवस्थाको मेरुदण्डका रुपमा रहेका कानुन व्यवसायीहरुले व्यवसायिकता, क्रियाशीलता र क्षमताको विकास गर्नुपर्ने बताए । उनले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाका लागि आफू प्रतिबद्ध रहेको बताए ।

महान्यायाधिवक्ता अग्नि खरेलले आफ्नो तीन वर्षे कार्यकालमा सरकारी वकिलको संस्थागत सुधार, व्यवसायिक विकास र भौतिक पूर्वाधार विकासमा उल्लेख्य काम भएको दाबी गरे ।

७३ करोड, ६९ लाख ३५ हजार लागत मा निर्माण भएको महान्यायाधिवक्ता कार्यालय भवन आठ तल्लाको रहेको छ । अत्यधुनिक भवनमा १ सय ७२ कोठा, वेसमेन्ट, तीन वटा अडिटोरियम हल रहेका छन् । २०७५ असोज २४ गने शिलान्यास भएको भवन तोकिएकै समयमा निर्माण कार्य सम्पन्न भएको थियो ।

तपाइँको प्रतिक्रिया