संसद विघटनको विरोधमा कांग्रेसले देशभर प्रदर्शन गर्ने
फ्ल्यासन्युज नेपाल२०७७ पुष ८ गते १९:४३
काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो। कुन दिन प्रदर्शन गर्ने भन्ने भोलि ९ गते बस्ने बैठकले तय गर्नेछ ।
दुई दिनमा जम्मा ८ जनाले मात्रै धारणा राखेका छन् । बुधबारसम्म बोल्नेको सूचीमा २७ जना बाँकी छन् । कतिपयले नाम टिपाउनै बाँकी छ । एक केन्द्रीय सदस्यका अनुसार १ बजे बोलाईएको बैठक ३ बजे राख्ने, दिनमा चारजनाको दरले बोल्न दिएर बैठक लम्बाउन खोजिएको छ ।