इन्ट्रा डे कारोबारमा नयाँ रेकर्ड कायम,पहिलो १० मिनेटमै सूचक २१२६ अंक माथि
फ्ल्यासन्युज नेपाल२०७७ पुष ८ गते ११:४६
काठमाडाै । इन्ट्रा डे कारोबारमा दोस्रो पटक शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ। बुधवारको सुरुवाती कारोबारमै नेप्सेले नयाँ रेकर्ड कायम गरेको हो।
पहिलो १० मिनेटमै बजारले २१२६ अंक पार गरेको छ। यस अघि नेप्से सूचकले अहिले सम्मकै सर्वाधिक अंक २०६७.१७ अंक सम्म छोएको थियो। उसले गत मंसिर २९ गते उक्त अंक भेट्टाएको हो।
इन्ट्रा डे कारोबारमा नेप्सेले यस अघिको रेकर्ड समेत ब्रेक गरेको छ। उसले यस अघि इन्ट्रा डे कारोबारमा २११८.४१ अंक सम्म छोएको थियो। गत मंसिर १८ गते उक्त अंक भेट्टाएर नेप्से ओर्लिएको थियो।
उसले त्यस दिन उक्त वृद्धि कायम गर्न सकेको थिएन। बुधवारको इन्ट्रा डे कारोबारमा उसले त्यो अंकलाइ समेत पछि पार्दै सूचक २१२६ अंक माथि उक्लिएको थियो।तर बजार बिस्तारै फेरि ओर्लने क्रममा देखिएको छ।